देशका चुनौती समाधान गर्ने प्रमुख दायित्व कांग्रेसकै हो : गगन थापा

admin

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा देखिएको समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा सुवास घिमिरेद्वारा लिखित बीपी कोइरालाको जीवनकथामा आधारित उपन्यास सान्दाजु बिमोचन गर्दै महामन्त्री थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशमा देखिएका सवैभन्दा ठूलो समस्या बुझेर सम्बोधन गर्ने सामथ्र्य राख्नुपर्ने बताउनुभएको हो ।

कहिले पनि नेपाल बन्दैन भन्ने विश्वास युवाहरुमा टुटेर जानु डरलाग्दो भएकाले यस्तो परिस्थितिबाट देशलाई बाहिर निकाल्ने जिम्मेवारी कांग्रेसको भएको उहाले बताउनुभयो ।

थापाले कांग्रेस ठूलो पार्टी भएकाले सवै तहको सरकारमा सहभागी भएको बेलामा पनि कांग्रेसभित्र असन्तुष्टि देखिएको जिकिर गर्नुभयो ।

उहाले अहिले कांग्रेसले पाएको अवसरलाई सदूपयोग गर्दै निराशा चिर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया