बुटवल। बुटवल उपमहानगरपालिका–११ होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको विभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ३३ वर्षीया दीपा बस्याल, उनकी ७ वर्षीया छोरी स्नेहा र ४ वर्षीया हिमानीको हत्या गरिएको हो।
घटना बुधबार बिहान करिब ४ बजे घटेको प्रहरीले जनाएको छ। हत्या प्रकरणमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्ति सुरज कोइराला हुन्, जो मृतक दीपाका पूर्वश्रीमान भएको खुलेको छ। उनीहरू केही समयअघि डिभोर्स गरी अलग–अलग बस्दै आएका थिए।
हाल घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिएका छन्।