गृहमन्त्रीले हामीलाई शब्दबाटै बला**त्कार गरे भन्दै महिला अभियन्ता आक्रोशित

मनिषा थापा

पिएनपिखबर : विगत ४ महिना देखि नेपालका लागि नेपाली अभियानमा लागेकी एक अभियान्ताले गृहमन्त्रीले आफ्नो पदमा राजिनामा दिनुपर्ने बताएकी छिन्। नेपालका लागि नेपाली अभियानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले गृह मन्त्रीले दिएको अभिव्यक्तिले बलात्कारीलाई थप प्रोत्सहान दिएको गृहमन्त्री जस्तो पदकै अपमान भएको बताईन।

उनले गत मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको जनाईन। उक्त सम्मेलनमा गृहमन्त्रीले बलात्कार आज पनि हुन्छ भोलि पनि हुन्छ बलात्कारको घटना कुनै नौलो कुरा नभएको बताएका थिए। उनको यो अभिव्यक्तिले नेपाली महिलाहरुलाई शब्दले नै बलात्कार गरेको अभियान्ताले बताईन।

गृह मन्त्रीले अपराधको छानबिन गरि पिडितलाई न्याय दिलाउनुको साट्टो अपराधलाई ढाकछोप गरेको आरोप लगाईन। उनले भनिन, ‘लाखौ युवाहरु रोजगारीको लागि विदेशिनु परेको छ। तर अब सरकारको भन्दा पनि हाम्रो पनि दोष छ। हामी चुप लागेर बसेका छौ। देशमा भएको स्रोत र साधनको सदुपयोग गरेर विकास निर्माणमा लम्किनुपर्छ।’ उनले नेतामा मात्र भर नपर्न र हामी सबै यूबा मिलेर आफ्नो देश बनाउन लाग्नु पर्नेमा जोड दिईन।

बाँकी हेर्नूहोस भिडियोमा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू