तीन दिनदेखि बेपत्ता किशोर मृत फेला

राष्ट्रिय समाचार समिति

बैतडी, १७ साउन: तीन दिनदेखि बेपत्ता रहेका एक किशोर आज मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका–६ नगतडीका १८ वर्षीय दीपक महर मृत भेटिएका हुन् । महरको शव आज दशरथचन्द नगरपालिका–६ कन्सनीगाडमा भेटिएको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

उनी साउन १४ गतेदेखि बेपत्ता थिए । सदरमुकाम गोठलापानीबाट घर फर्कदै गरेका महर बेपत्ता भएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया