कुलपुजा गर्न बागलुङ जाँदै गरेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

मनिषा थापा

बागलुङ : गुल्मीबाट कुलपुजाको लागि बागलुङ जाँदै गरेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा विहान १० बजे ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक झविन्द्र प्रसाद भट्टराइ अनुसार जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ। दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । एक जना वेपत्ता रहेका छन् । अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ बठाईएको छ ।

उद्धार कार्य जारी रहेको जानकारी छ। जीपमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ । घाईतेलाई हेलिकप्टरबाट उद्दार गर्ने तयारी गरिएको बडिगाड गाउपालिका अध्यक्ष मेयरसिङ पाइजाले बताए । 

प्रतिक्रिया