‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा नहुँदै किन अलग्गियो पूर्वडीआईजी खरेलको समूह ?

admin

काठमाडौं, १५ फागुन : ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्वडीआईजी रमेशप्रसाद खरेलको समूह अलग्गिएको छ ।

बिहीबार औपचारिक घोषणा हुने भनिएको उक्त अभियानको घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिएको खबर बाहिरिएको हो ।

पिएनपिखबरसँगको कुराकानीमा खरेलले, ‘सिद्धान्त र भाव नमिल्ने भएको कारणले अलगिएको बताएका छन् । पूर्वनिर्धारित कार्यक्रमबाट अलग्गिएको प्रति सार्वजनिक रुपमै माफी मागेको र भोलिका दिनमा सो अनुरुप अघि बढ्ने खरेलले बताए।’

उक्त अभियानलाई भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको थियो ।

बिहीबार अपरान्ह काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने तयारी समेत भइसकेको थियो।

पूर्वडीआईजी ‘रमेश खरेल’को संयोजकवत्वमा नयाँ पार्टीको स्थापना

 

प्रतिक्रिया