आइसोलेसनमा राखिएकी महिलाको मृ*त्यु

admin

डडेल्धुरा : जिल्ला अस्पताल अछामको आइसोलेसनमा राखिएकी एक महिलाको मृ*त्यु भएको छ। मृ*त्यु हुनेमा जिल्लाको मंगलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु सार्की रहेकी छन्। तीन दिनअघि ज्वरो आएपछि अस्पताल भर्ना भएकी उनको बिहीबार बिहान मृ*त्यु भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए।

उनका अनुसार मृ*तक देवुको आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो। ‘उहाँ ९देवु० को आरडिटी जाँच गर्दा रिपोर्ट नेगेटिभ छ। बिहान ६ बजे मृत्यु हुनुभन्दा पहिले नै हामीले उनको थ्रोट स्वाब संकलन गरेका हौं।’ स्वास्थ्य कार्यालयका प्रमुख ढुंगानाले भने, ‘स्वाब संकलन गरी परीक्षणका लागि मोटरसाइकलमाफर्त सुर्खेत पठाएको छौं।’

उनका छोरा केही साता अगाडि मात्रै भारतबाट फर्किएको बुझिएको उनले जानकारी दिए। ‘उनका छोरी केही दिन अघि भारतबाट आएको अपुष्ट खबर हामीकहाँ आएको छ। यसबारे हामी बुझ्दैछौं।’ उनले भने, ‘उनका एक छोरो यहीँ अस्पताल आएका छन्।

उनले केही बोल्न चाहेनन्।’ प्रमुख ढुंगानाका अनुसार वैशाख १६ गते ज्वारो आएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो। ज्वरो मात्रै आएको र कोरोनाको अन्य लक्ष्यण उनमा नदेखिएको उनको भनाइ छ। पिसिआर रिपोर्ट आएपछि मात्रै उनमा कोरोना हो वा होइन भन्ने थाहा हुने उनले जानकारी दिए।

प्रतिक्रिया