प्रधानमन्त्रीद्वारा लकडाउन र कोरोनाबारे विज्ञहरुसँग छलफल

admin

काठमाडौं, २१ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञसँग छलफल गर्दै छन् ।

नेपालमा कोरोनाको अवस्था, अहिलेसम्मको तयारी, अब चाल्नुपर्ने कदम, लकडाउनको मोडालिटी लगायतका विषयमा प्रधानमन्त्रीले बुधबार दिउँसो ४ बजे विज्ञहरुसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा आर्थिक, योजना, जनस्वास्थ्य, चिकित्सा, नर्सिङ, निजी क्षेत्र लगायत क्षेत्रका झण्डै ३० जना विज्ञ तथा प्रतिनिधिलाई बोलाइएको छ ।

एकातिर कोरोना संक्रमित बढ्दै गएको र अर्कोतर्फ लकडाउन खोल्नुपर्ने माग उठिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया