काठमाडौंमा एक जनासहित एकैदिन ५ जना कोरोना संक्रमितको मृ’त्यु

admin

काठमाडौं : काठमाडौंमा एक जनासहित बुधबार एकै दिन पाँच जना व्यक्तिको कोरोना भाइरसका कारण मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा मोरङ र पर्साका दुई-दुई जना र सर्लाहीका एक जना छन्।

मोरङका दुई जनाको भने कोसी अस्पतालमा मृ’त्यु भएको हो। उनीहरूको मृ’त्युपछि कोरोना पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए।

उनले मृ’तक दुबै जना ४५ वर्षका रहेको जनाए। मृ’तक एक जना रंगेली र अर्का विराटनगर महानगरपालिका-९ निवासी हुन्। बुधबार दिउँसो ४ बजे आएको रिपोर्टमा दुबै जनामा कोरोना पोजेटिभ देखिएको हो।

अहिले मृ’तकहरूको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ। मोरङ रंगेलीका ती पुरूषलाई भने आज बिहानै अस्पताल ल्याउँदा नै बाटोमै मृ’त्यु भएको थियो।

परिवारले श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनको कोरोना परीक्षण गरिएको हो। यस्तै, मोरङ निवासी अर्का पुरूषमा पनि श्वासप्रश्वास, छाती दुख्ने र पखालाको समस्या देखिएपछि हिजो बिहान अस्पताल भर्ना गरिएको थियो।

सुरूमा आकस्मिक कक्षमा उपचार गरेपछि उनलाई पछि आइसोलेसनमा सारिएको थियो। उनको पनि आज दिउँसो तीन बजे मृत्यु भएको डा. यादवले जानाकरी दिए। उनको पनि आजै कोरोना पोजेटिभ देखियो। बुधबार नै पर्सामा दुई जना व्यक्तिको कोरोना संक्रमणबाट मृ’त्यु भएको हो। जसमा ४६ वर्षीय पुरूष र १८ वर्षीय किशोरी छन्।

पर्सा पोखरियाकी किशोरीको भने मृ’त्युपछि संक्रमण पुष्टि भएको हो। आजै काठमाडौं बलम्बुस्थित सशस्त्र प्र’हरी अस्पतालमा उपचाररत् एक जना संक्रमितको मृ’त्यु भएको छ।

सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृ’त्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए।

‘गत शुक्रबार (१६ गते) मनमोहनमा भर्ना गर्दा उनलाई भेन्टिलेटरमा राखिएको थियो,’एसपी डा. नेपालले भने,’उनको त्यही दिन कोरोना परीक्षण गर्न स्वाब झिकिएको थियो। आइतबार उहाँमा कोरोना पुष्टि भयो।’

प्रतिक्रिया