अमेरिकी राष्ट्रपति बाइडेनले अनुमति दिएपछि, इरान समर्थित ल’डाकुको अखडामा हवाई आ’क्रमण

admin

एजेन्सी, १४ फागुन : अमेरिकाले सिरियामा रहेको इरान समर्थित ल’डाकुको अखडामा हवाई आ’क्रमण गरेको छ । समाचार संस्था रोयटर्सकाअनुसार बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आ’क्रमण भएको हो ।

राष्ट्रपति बाइडेनको निर्देशनमा हवाई आ’क्रमण गरिएको पेन्टागनका प्रवक्ता जोन किर्बिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आ’क्रमणको जवाफी कारबाहीस्वरूप अमेरिकाले आ’क्रमण गरेको खबरमा उल्लेख गरिएको छ ।

यसअघि गएको हप्ता अमेरिकी सेनाको शिविरमा आ’क्रमण भएको थियो । त्यो आ’क्रमणमा एक जना गैर-अमेरिकी ठेकेदारको ज्यान गएको थियो भने चार अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए । यसअघि ईरानले अमेरिकी गठबन्धनका सैनिकहरुलाई लक्षित गरी ईराकमा गरेको आ’क्रमणको बदलास्वरुप यो हमला गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पेन्टागनका अनुसार अमेरिकी फाइटर प्लेनहरुले सातवटा निशाना साँधेका थिए । कता ईब हिजबुल्लाह र कता ईब सय्यिद अल सुहादा ईरान समर्थित मिलिसियाहरुले प्रयोग गर्दै आएका धेरै भौतिक पूर्वाधारहरुमा आ’क्रमणबाट क्षति पुगेको छ । मर्नेको संख्या यकिन भइसकेको छैन । यद्यपी, सिरियल अब्र्जभेटिभ फर ह्युमन राईट्स (एसओएचआर)ले दर्जनभन्दा बढी ईरान पक्षधर लडाकुहरुको मृत्यु भएको जनाएको छ ।

‘प्रारम्भिक रुपमा कम्तिमा पनि १७ जना लडाकु मारिएजस्तो देखिन्छ । उनीहरु सबै पपुलर मोबिलाईजेशन फोर्सहरुमा सदस्य हुन्,’ एसओएचआरका निर्देशक अब्दुल रहमानले एएफपी न्युज एजेन्सीसँग भनेका छन् ।

प्रतिक्रिया