काठमाडौं । लिटिल प्राइड अफ नेपाल (नृत्य विधा)२०२५ को उपाधि यो वर्ष शिष्टता वर्ल्ड स्कुलको छात्रा हरु सिनियर तर्फ नभ्या कार्की र जुनियर तर्फ काव्या पौडेलले हात पारेका छन्। Public choice winner को उपाधी पनि काव्या पौडेलले नै हात पारेकी छिन्।
त्यसै गरि चौथो रनर अप र Most popular winner को उपाधि जुनियर तर्फ शिष्टता वर्ल्ड स्कुलकै युभरानी पराजुली ले जित्न सफल भइन्। त्यसै गरी सिनीयर तर्फको 4th Runner up को टाइटल भने शिष्टताकै आयुना खड्काले हात पारेका छिन्। साथै सिनीयर तर्फको श्रेया आले मगरले पनि उत्कृष्ट प्रस्तुती दिएर सबैको मन जितेकी थिइन्।
कार्यक्रममा १८ विद्यालयका विद्यार्थीहरु सहभागी थिए । एक महिनासम्म संचालन भएको आधारभूत तालिममा नृत्य र गायनमा आफ्नो प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कक्षाहरु सञ्चालन भएका थिए । शिष्टता वल्र्ड स्कुलका पाँचै जना सहभागी विद्यार्थीहरुले निर्धक्क भएर निर्णायकको अगाडि आफ्नो प्रतिभा देखाएका थिए।
विद्यार्थीले हरेक विधामा लगातार उपाधी जित्दा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीले खुसी तथा गौरव महसुस गरेको विद्यालयका प्रिन्सिपल शर्मिला केसीले बताइन् ।
साथै विद्यार्थीको मेहनत र अभिभावकको साथ तथा सहयोगका लागि आभार व्यक्त गर्दै प्रिन्सिपल केसीले भनिन्– ‘विद्यार्थीको सर्वाङ्गिण विकासमा हामी सधैं प्रतिवद्ध छौं ।