अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

admin

बेइजिङ, १० मङ्सिर: अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ । त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण गर्ने सम्वन्धी कार्यालयले जनाएको छ ।

हानिकारक सोचाइ र क्रियाकलापलाई नियन्त्रण गरी सामाजिक सांस्कृतिक वातावरणलाई स्वच्छ बनाइराख्न ती कार्यालयहरूले महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूले बताएका छन् ।

चालु बर्ष २०१८ को पहिलो तीन त्रैमासिकमा अश्लील सामग्री तथा गैरकानुनी प्रकाशन अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस बर्ष झण्डै १० प्रतिशतले वृद्धि भएको छ । यसरी वृद्धि हुनेमा झेजिआङ, जीआङसु, क्वाङतोङ, बेइजिङ र साङ्घाइलगायतका प्रदेश रहेको छ । कार्यस्थलमा स्वयमसेवकहरुलाई खटाइएको र उनीहरुसँग युवादेखि वृद्धवृद्धासम्मले यसबारेमा कुराकानी तथा छलफल गर्ने गरेका छन् ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया