आजबाट खरमास शुरु : एक महिनासम्म भुलेर पनि नगर्नुहोस यी ३ कार्य, पौषमा अत्याधिक जाडो हुने कारण यस्तो रहेछ !

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : आजबाट खर्मासको महिना अर्थात मलमास शुरु हुँदैछ। ज्योतिषको अनुसार जब सुर्य गोचर गर्दै धनु र मीनमा जाने गर्छ तब त्यस महिनालाई मलमास भनिन्छ। यस अबधि ज्योतिषमा शुभ मानिदैन। खासमा यस समय सुर्य वृश्चिक राशिलाई छोडेर धनु राशिमा प्रवेश गर्दछ। मार्गशीर्ष शुक्ल पक्षको नवमी आजबाट शुरु हुनेछ र पौष शुक्ल पक्षको अष्टमी तिथिसम्म रहन्छ।

खरमासको यस्तो छ कथा…
भगवान सूर्यदेव सात घोडाको रथमा सवार भई लगातार ब्रमाण्डको परिक्रमा गरिरहन्थे। एक पटक परिक्रमा गर्ने क्रममा उनको घोडा लगातार चलेको कारण विश्राम नमिलेर भोक र प्यासले निकै थाक्यो। भगवान सुर्यदेव एक तालको किनारामा लगे र उनलाई त्यस समय आभास भयो कि यदी रथ रोकियो भने अनर्थ हुनेछ। त्यस तालको किनारामा दुई गधा पनि थिए।

भगवान सूर्यदेवले घोडालाई पानी पिउन र विश्राम दिनको लागि छोडदै गधालाई आफ्नो रथमा जोड्ने गर्थे। जसकारण रथको गति विस्तारै कम हुँदै जान्थ्यो त्यही पनि जसोतसो एक चक्कर परिक्रमा हुन्थ्यो। तब घोडाले पनि विश्राम पाउथ्यो। यसै क्रम चलिरहयो र हरेक सौर वर्षमा एक सौर मासलाई खरमास भनियो।

यस महिना सुर्य देवताले रथमा घोडाको ठाउँमा गधालाई राख्ने गर्छन। रथको गति ढिला हुनाले यस महिनामा अत्यन्तै जाडो पनि हुने गर्छ। शास्त्रअनुसार यस समय केहि काम गर्न हुँदैन।

मलमासमा वर्जित गरिएको यी ३ कार्य….
१.
यस पुष महिनाभर विवाह, इन्केज्मेंट, गृह-प्रवेश जस्ता शुभ र मांगलिक कार्य गर्न हुँदैन।

२. नयाँ वस्तु र नयाँ घर, नयाँ कार किन्नु हुदैन। वहीं दूसरी और नई चीजें जैसे नया घर, नई कार की खरीददारी भी नहीं करनी चाहिए।

३. खरमासको समय कसैसँग विवाद हुनुबता जोगिनु पर्दछ र आफ्नो गुरु र ठुलाको आदर गर्नु पर्दछ।

प्रतिक्रिया