आज वि.सं. २०७६ भदौ ४ गते बुधबारको राशिफल हेर्नुहोस

शर्मिला गुरुङ

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।

मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) : मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वस्त्र लाभ हुनेछ ।

तुला(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा) : आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आजको दिन गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

बृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु) : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ । चोटपटकपनि लाग्न सक्नेछ ।

मीन(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहान सुखपनि मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया