आफ्नो मृगौला बचेर आइफोन किन्ने यी युवकको भयो यस्तो हालत

मनिषा थापा

पिएनपिखबर : अहिलेको युग आधुनिकतातर्फ लम्किरहेको छ। नयाँ नयाँ प्रविधि तथा उपकरणहरु बजारमा आइनै रहन्छन। त्यस्तै अझ भन्ने हो भने युवा पुस्ताहरुमा नयाँ र महँगो मोबाइल सेट बोक्ने एक प्रकारको क्रेज नै बढेको छ। त्यस्तै महँगा मोबाइलको क्रेज भएका यी युवकको जिन्दगी नै खतरामा परेको छ। उनले आइफोन बोक्ने रहरले मृगौला नै बेचे।

चीनको एन्हुइ प्रान्तका एक २५ वर्षिय युवक आइफोनको रहर पुरा गर्न मृगौला बेचेको कारण अस्पतालमा संर्घषरत जिवन बिताइरहेका छन् । एउटा मृगौला बेचेपछि अर्को मृगौलाले पनि काम गर्न छोडेको कारण डायलसिसको भरमा बाँचेका छन् । उनले आइफोन किन्नको लागि २५ हजार युआन अर्थात नेपाली रुपैयाँ ४ लाखमा मृगौला बेचेका थिए ।

गरिब परिवारमा जन्मिएका उनी आइफोन लिएर साथीको अगाडी सान देखाउन चाहन्थे । उनले मृगौला बेचेर नै आइफोन ४ र आइफोन २ किनिसकेका थिए । उनले गैरकानुनी रुपमा ब्ल्याक मार्केटमा आफ्नो मृगौला बेचेका हुन् । चिनीया सञ्चार माध्यमको अनुसार यतिबेला अस्पतालमा भर्ना भएर बसेका छन् ।

एउटा मृगौलाले काम चल्ने भए पछि अर्को मृगौला किन चाहियो भन्ने सोच बोकेका ती युवकको यो सोचाइ यतिबेला गलत सावित भएको छ । अहिले उनको अर्को मृगौलाले पनि काम गर्न छोडेको छ ।

उनलाई पहिलो मृगौला किन्ने बेलामा भएको संक्रमणको कारण अर्को मृगौला पनि खराब भएका चिकित्सकको भनाइ रहेको छ । उनकाे मृगौला निकाल्ने बेलामा चिकित्सकले लार्पवाही गरेको कारण यस्तो समस्या भोग्नु परेको हो । यस्तो घटनाको सार्वजनिक भएसँगै उनको मृगौला निकालेको आरोपमा ९ जनालाई प्रहरीले प्रक्राउ गरिसकेको छ ।

प्रतिक्रिया