करोडौको सम्पति छाडेर साधु बने फ्रान्सका यी व्यक्ति, धर्म पनि परिवर्तन गरी डेनियलबाट बने बाबा गिरी

मनिषा थापा

पिएनपिखबर : ‘डेनियल बाबा’ले आफ्नो धर्म पनि परिवर्तित गरे। देवगिरी संतलाई आफ्नो गुरु बनाए। यति मात्र हैन, उनले हिन्दु धर्मलाई अपनाएर आफ्नो नाम पनि परिवर्तन गरे। उनी डेनियलबाट अहिले ‘भगवान गिरी’ बन गए। ‘डेनियल बाबा’ले एक साधुले गर्ने हरेक कार्य गर्दछन। उनी आफ्नो अन्य साधुसँग मिलेर भोजन गर्छन।

‘डेनियल बाबा’ले भारतमा बस्दा बस्दै अलि हिन्दि पनि सिकेका छन्। उनी ध्यान र योग गर्छन। ‘डेनियल बाबा’ हालै कुम्भमा आनन्द अखाड़े धर्म ध्वजाको स्थापना सरिक भएका थिए।

फ्रान्सबाट आफ्नो विलासिता पूर्ण जीवन र बिजनेस छाडेर भारत आउँने भगवान गिरी यानी ‘डेनियल बाबा’ आफ्नो पारिवारिक र पछिल्लो इतिहासको विषयमा चर्चा गर्न चाहदैनन्। तर उनीसँग करोडौको सम्पति रहेको धेरैले दावी गरेका छन्। उनी अब कतै जान चाहादैनन्। उनको अनुसार, सनातन धर्म राम्रो धर्म र शान्ति प्रिय लाग्छ। जसकारण उनी आफ्नो जीवनमा यसै साधनाबाट अघि बढ्न चाहन्छन।

प्रतिक्रिया