गरीबी र दरिद्रताको अन्त्य गर्नको लागि घरमा रोप्नुहोस् यी दुई वृक्ष..

मनिषा थापा

एजेन्सी : गरीबी र दरिद्रताको अन्त्य हुन्छ, मात्र घरमा लगाउँनुहोस् यी दुई बृक्ष वास्तु शास्त्रमा घरमा बोट बिरुवा लगाउँनु अघि केही नियमहरु बताईएको छ ।

घरमा सही तरिकाले बोट बिरुवा नलगाए गृहस्वामी सहित परिवारको अन्य सदस्यको शारीरिक, आर्थिक र मानसिक समस्या आई पर्नसक्छ ।

वास्तुशास्त्रको प्रसिद्ध ग्रंथ ‘वास्तुराजवल्लभ’ का अनुसार तुलसी, केरा, चंपा केतकी, चमेली आदि शुभ पेड़-पौधे शुभ बोट बिरुवा मानिन्छन् । केराको बोट ईशान कोणमा रोप्नाले आर्थिक समस्या दुर हुन्छ ।

केराको बोटसंगै तुलसीको बोट लगाउँदा शुभ फल प्राप्त हुँने साथै भगवान विष्णुकोसाथै माता लक्ष्मीको कृपा समेत मिल्ने बताईन्छ । यसैगरी अशोक र नरिवलको बोट पनि एकदम शुभ मानिन्छ । अशोक प्रसन्नता दिने र चिन्ता दुर गर्ने बृक्षको रुपमा चिनिन्छ । यो बृक्षले घर परिवारका सदस्यबीच प्रेम र सौहार्दता बढाउने मान्यता रहिआएको छ ।

प्रतिक्रिया