गर्लफ्रेन्डसंग मिलेर आफ्नै श्रीमानले गरे श्रीमतीमाथि गोलि प्रहार, यसरी बाँचिन् पिडित

रिता घिसिंग

पिएनपिखबर : एक युवकले आफ्नो गर्लफ्रेन्डसंग मिलेर आफ्नै पत्नीको हत्या गर्ने प्रयास गरेका छन्। मुरादनगरमा बुधबार २५ बर्षिय युवकले गर्लफ्रेन्डसंग मिलेर २३ बर्षिय श्रीमतीमाथि गोली प्रहार गरेका हुन्। आरोपीले बुधबार राती चलिरहेको स्विफ्ट कारमा सवार श्रीमती शिवानीमाथि गोली प्रहार गरेका हुन्। प्रहरीले आरोपी दुइजनामाथि हत्याको प्रयास मामिलामा मुद्दा दर्ता गरिसकेका छन्।

श्रीमान यशवंत राणा राजनगर एक्सटेंशनस्थित एक नामी स्कुलमा ट्रान्सपोर्ट इन्चार्चका रुपमा कार्यरत थिए। उनको गर्लफ्रेन्ड पनि सोहि स्कुलमा काम गर्थिन। गोली लागि घाइते भएका महिलालाई गाजियाबाद स्थित एक अस्पतालमा भर्ना गरिएको छ। जहाँ उनको उपचार भैरहेको छ।

राणा र शिवानीको बिबाह अप्रिल २०१६मा भएको थियो। उनीहरुको १ जना छोरी पनि छन्। प्रहरीलाई बुधबार राती ९:३० मा सूचना प्राप्त भएको थियो कि एक स्विफ्ट कारमा घाइते महिलालाई लिएर २ जना घुमीरहेका छन्।

प्रहरीले सूचनाको आधारमा गंगनगरमा चेकिङ्ग गर्ने क्रममा अरोपिहरु प्रहरी देखेपछि भाग्ने प्रयास गरेका थिए। सोहि क्रममा प्रहरीले आरोपीहरुलाई घाइते महिलासहित पक्राउ गरेका हुन्।

प्रतिक्रिया