गायक भुषालको “थोरै सासले बाँचेको म जिन्दगी कहाँ खोजुँ” बोलको गीत सार्वजनिक (भिडियो सहित )

admin

जिन्दगीको अन्तिम क्षण, क्यान्सरसँग लड्दै हुन्छ, डाक्टरले अब उपचारले केही हुन्न भन्दै फिर्ता पठाइदिन्छ, …. प्रायः गीतमा यस्तै कहानीको म्यूजिक भिडियो बनेको हुन्छ । तर, अर्घाखाँची घर भई अमेरिकामा रहेका गायक शान भुषालको स्वर र संगीत र कपिलराज गिरीको शब्दमा रहेको “थोरै सासले बाँचेको म जिन्दगी कहाँ खोजुँ” बोलको गीतमा भने यही कहानी हुन्छ तर वास्तविक ।

गीत संगीतमा रुची राख्ने अनि नियमित व्यायाममा रुची राख्ने शुभाञ्जन दवा श्रेष्ठ २०४३ साल बुटवलमा जन्मिएका हुन् । बुटवलकै इलिट बोर्डिङ स्कूलबाट स्कूल सुरु गरेका उनले हुस्टन टेस्कासबाट डिग्री गरेका छन् ।आजभोलि नयाँ नाम थपिएको छ । भिडियोको मोडल, भिडियोमा मोडलिङ भन्दा बढी उनका अन्तरमनका भावना पोखिएका छन् । हाल चालै “थोरै सास” गीतले उनका भावना पोखेको छ ।

गायक शान भुसालले भिडियो मेकर विकास बराईलीलाई भेटेपछि यो संयोग जुरेको हो । विकास आफैंमा अमेरिकामा बस्ने नेपालीका लागि चर्चित नाम हो । उनले आफ्नो युट्युब एकाउन्ट लुसेन्ट फिल्मबाट दर्जनौं छोटा मुभि तथा म्युजिक भिडियो बनाएका छन् । हजारौं नेपाली विद्यार्थीहरु जस्तै सुनौलो सपना बोकेर अमेरिका आएका शुभाजन दवा श्रेष्ठको जिन्दगीमा मार्च २२, २०१७ मा नसोको बज्रपात आईपर्छ । ३१ वर्षको उमेरमा उनी आन्तरिक रक्तश्रावको कारण अचेत अवस्थामा अस्पताल भर्ना गरिन्छन् । त्यहाँ क्यान्सर जस्तो गम्भीर रोग देखिन्छ ।

दोस्रो महिना मार्च २२, २०१७ मा उनको उपचार एक्कासी अस्पतालद्वारा रोकिन्छ, केही दिन मात्र बाँच्ने जानकारी सहित । एक छोरी र एक छोरा भएका दवा परिवारमा एकाएक बज्रपात पर्छ । जब उनको होस खुल्छ, आँखा अगाडि साथीभाईको भिड देखेर अचम्ममा पर्छन् । उनलाई के थाहा उनीभित्र रहेको थोरै सास उनीसँग ३ दिन मात्र हुनेछ । परिवार साथीभाईलाई अर्काे पिर अब डाक्टरले भनेको जानकारी कसरी बिरामीलाई भन्ने ? ऊ आफैं ३ दिनपछि बेहोसबाट होसमा आएको छ । अरुले नाई भन्दाभन्दै बहिनीले मन बाँधेर आँखाको डिल भरिलो पार्दै भनिन् –“दाइ तेरो अब ३ दिन मात्रै छ ।” हस्पिटलको दिग्दारी नसहने हट कस्दै उनी घर आउँछन् । बुटवलमै नेपाल बैंकमा जागिरे बाबु र गृहिणी आमा जवान छोरोले भोगिरहेको पिडाको त्यो बज्रपात सहनु बाहेक अरु विकल्प कहाँ थियो र ?

त्यसबेला देखि आजसम्म त्यो पिडालाई उर्जामा बदलेका छन् । गहभरिको सागर थमाई छोरालाई हौसला प्रदान गरेका छन् । त्यो थोरै सास अझै चल्दै छ, नियमित किमो थेरापी लगायत परिवार र साथीभाइको हौसलाले शुभाञ्जनमा नयाँ उर्जा थपेको छ । अल्कोहल र सुर्ती कहिल्यै सेवन नगरेका उनको सुगठित ज्यान देखेर सामाजिक सञ्जालमा स्वस्थ हुने उपाय र सिक्स प्याक बनाउनेहरुको पछ्याउने (फलोअर) को संख्या दिनदिनै बढेको छ । उनको उर्जा मरेको छैन, उही चमक छ, अनुहारमा हाँसोमा पहिले जस्तै शालिनता भेटिन्छ ।

चिकित्सकीय विज्ञानले आविष्कार गरेका उपचार देखि परम्परागत रुपमा चलिआएको जौको जुससम्म सेवन गरेका छन् उनले । थाहा छैन उनको यो रोगलाई के ले थामेको छ या बढ्न दिएको छैन उत्तर सयौं छन्, किमो थेरापीले, हरेक बिहान आमाले बनाउने जमराको रसले, निरन्तरको व्यायामले या साथीभाई सकारात्मक उर्जाले खै के कुराले ! मृत्यु असम्भावी छ उनलाई राम्रोसँग थाहा छ । क्यान्सर भयो भनेर थाहा पाएपछि कस्तो लाग्दो रहेछ ? भनेर सोध्यो भने उनी चम्किलो अनुहार पार्दै भन्छन् “हरेक दिन नयाँ जीव पाएजस्तो”

तँ हार्न हुन्न, तँ गल्नु हुन्न भन्दै हजारौं शुभेच्छा लिँदालिँदै उनलाई पिडा पोख्न मन लाग्छ । उनलाई रुन मन लाग्छ । मायाका भाव पोख्न मन लाग्छ । उनका भाव कहिँ न कहिँ मेल खाई पिडा पोख्न विकासले गरेको अफर स्वीकारेका हुन् । शुभाञ्जन जो आफैंमा राम्रो गितार बजाउँछन्, अनि गीत गाउँछन् । केही न केही नयाँ अनि अविस्मरणीय किसिमको भिडियो बनाउने विकासको उपायले यो संयोग जुराएको हो । कपिलराज गिरीको शब्द र शान भुसाको संगीत अनि स्वरले शब्द अनुसारको पात्रको भावना प्रतिबिम्बित गरेको छ ।
“थोरै सासले बाँचेको म जिन्दगी कहाँ खोजुँ
आफ्नै छैन भर यहाँ, तिमीलाई कहाँ रोजँु ।”
हेर्नुहोस गीतको भिडियो:

प्रतिक्रिया