ग्याँस उद्योगमा विस्फोट, दुईको मृत्यु, १२ सम्पर्कबिहीन

राष्ट्रिय समाचार समिति

बेइजिङ, ३ साउन: चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कबिहीन भएका छन् ।


देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते पनि भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ । विस्फोटनपछि उद्योगको काम बन्द गरिएको छ । रासस÷एएफपी

प्रतिक्रिया