घरमा सुख शान्ति कायम राख्नका लागि छोरीलाई यो दिनमा बोलाउनुस् माइती, हुन्छ अति शुभ

रिता घिसिंग

एजेन्सी : ज्योतिषी शास्त्रीका अनुसार घरमा सुख शान्ति ल्याउनको लागी आफ्नो विवाहित छोरीले पनि ठुलो भूमिका खेल्ने बताउछन् ।

किनभने यदि विवाह गरेर गएकी छोरीलाई साउन महिनामा माइतीमा बोलाउनु उक्त परिवारको लागी शुभ हुन्छ । जसले गर्दा परिवारमा सुख ,शान्ति र धन आर्जन हुन्छ । विचार गर्नुस् , विवाह गरेर गएको छोरीले गर्दा पनि यति धेरै फाइदाहरु हुन्छ ।

 

त्यतिमात्र होइन् । ती छोरी साउन महिनामा माइती आएको बेला उनको हातबाट यी कार्य गरेमा झनै उत्तम हुन्छ । यदि तपाई साच्चै नै घरमा सुख र धन भित्र्याउन चाहनुहुन्छ भने माइती आएको छोरीलाई तुलसीको विरुवा रोप्न लगाउनुपर्छ । र गोड्न समेत उनलाई नै लगाउनुपर्छ ।

 

त्यसैगरी साउन महिनामा माइती आएकी छोरीलाई मंगलबारको दिन पारेर उसकै हातले कुनै मिठाई बनाउन लगाई त्यसलाई किटको भाँडोमा राखी माटोमा लुकाएमा पनि परिवारमा लाभ नै लाभ हुनेछ ।

प्रतिक्रिया