घरमा सुख-शान्ति कायम राख्नको लागि आज बेलुकी यसो गर्नुहोस

रिता घिसिंग

पिएनपिखबर : भोलि कार्तिक पुर्णिमा हो। आज ब्रत बसेर भोलि स्नान गर्ने गरिन्छ। हाम्रो गाउघर तिर नजिकैको तिर्थस्थलहरुमा पनि मेला लाग्ने गर्छ। यस तिथिमा पवित्र नदिमा स्नान र दान गर्ने गरिन्छ। पुर्णिमामा चन्द्रमा पुरै देखिन्छ। आजको रात पुजा-पाठको लागि श्रेष्ठ मानिन्छ।

१,पुर्णिमाको रात चन्द्रको उदयपछि चाँदीको लोटाले चन्द्रमालाई दुध र जलले अर्घ्या अर्पित गर्नुहोस। ऊँ सों सोमाय नम: मंत्रको जप १०८ पटक गर्नुहोस।

२, पुर्णिमामा कुनै पवित्र नदिमा स्नान गर्नुहोस। स्नानपछि पिपलको पुजा गर्नुहोस र पिपललाई जल चढाउनुहोस्। त्यसपछि मिठाई चढाउनुहोस् र सातपटकसम्म परिक्रमा गर्नुहोस।

३,पूर्णिमामा चन्द्र उदयपछि चन्द्रदेवलाई काँचो दुधमा मिश्री र चामल मिलाएर अर्घ्य दिनुहोस।

४,आजको दिन लक्ष्मीको पुजा गर्नुहोस। पुजा ११ पहेलो सिक्का र गोमती चक्र राख्नुहोस। पुजापछि यी चिजहरु सन्दुकमा राख्नुहोस्।

५,महालक्ष्मी र विष्णुको पुजा गरि पुजामा दक्षिणावर्ती शंखले अभिषेक गर्नुहोस। दुधमा बेसर मिसाएर र शंखमा हाली अभिषेक गर्नुहोस।

६, महालक्ष्मीको मन्दिर जानुहोस र देबी मातालाई बेसरको गांठ, इत्र, गुलाबको फुल चढाउनुहोस्।

७, घरमा सुख-शान्ति बनाई राख्नको लागि सत्यनारायण भगवानको कथा पढ्नुहोस्।

८, हनुमानजीको सामुने दीपक बालेर हनुमान चालीसाको पाठ पढ्नुहोस्।

९,शिवलिंगको अगाडी दीपक बाल्नुहोस र श्रीरामको नाम १०८ पटक जप गर्नुहोस

प्रतिक्रिया