चितुवाको पासोमा मानवः २३ जनाको मृत्यु

admin

बैतडी , २८ पुस: सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक सुरु भयो । चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले । त्यतिबेला चितुवाले विशालपुर र शर्मालीमा दुई जनाको ज्यान लियो । यो समाचार आजको नागरिक दैनिकमा छ । मानव–चितुवा द्वन्द्वकै कारण त्यस क्षेत्रमा २३ जनाको ज्यान गुमाइसकेको छ भने १२ जना घाइते छन् । एक वर्षयता चितुवा आक्रमणबाट कसैले ज्यान नगुमाए पनि दुई जना भने घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परेर ज्यान गुमाउनेमा अधिकांश बालबालिका छन् । प्रहरीको तथ्यांकअनुसार हालसम्म मारिएका २३ मध्ये १६ जना बालबालिका छन् ।चितुवा आतंक रोक्न प्रशासन, वन डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयले निरन्तर निगरानी गर्दै आएका छन् । स्थानीयले पनि आफ्नै ढंगले प्रयास गर्दै आएका छन् । तर चितुवा आक्रमण रोकिएको छैन। यसबीचमा बर्से्नि चितुवा मारिने क्रम पनि बढ्न थालेको छ । गत साता बैतडीको सिगास संरक्षित वन क्षेत्रनजिकै सिकारीले थापेको पासोमा परेर एउटा चितुवा मारियो ।

त्यसको एक दिनअघि मात्रै बैतडीको तल्लो स्वराडसँग सीमा जोडिएको डडेल्धुरामा पनि एउटा चितुवा मारिएको थियो। भदौमा पाटन नगरपालिका–५ र पञ्चेश्वर गाउँपालिका–६ मा एकएकवटा चितुवा मृत अवस्थामा फेला परे ।

प्रतिक्रिया