ट्रम्पद्वारा उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता

शर्मिला गुरुङ

पानमुनजोम, १५ असार (रासस-एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको छ ।


उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस भ्रमणका लागि किमलाई आफूले स्वागत र निमन्त्रणा गरेको जानकारी दिनुभयो । दुबै नेताबीच यो तेस्रो भेटवार्ता हो ।
साथै, अमेरिकी बहालबाला राष्ट्रपतिले उत्तर कोरियामा पाइला टेकेको पनि यो पहिलो अवसर हो ।
उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाली सीमा कार्यालयमा विशेष बैठक समेत भएको छ ।
पानमुनजोन भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन पनि सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया