पुर्णकला विसी र विर बहादुर मगरको मार्मिक लोकदोहोरी ‘पासर्पाेट’ सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ, २० पुस : हजारौ मन भित्रको आशालाई आफनो जन्मभुमीमा छोडदै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘पासर्पाेट’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हजारौँ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ ।

डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रहेको छ । जिवनको बास्तविक भोगाईलाई समेटेर गीतमा प्रस्तुत गरेको डम्वर चन्द मगरले बताए । अजय रेग्मीको छायाँकन, अमर शाक्यको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा तायर भएको छ । वियोगान्त गीतमा आशा खड्का र विर बहादुर मगरको अभिनय रहेको छ ।

हेर्नुहोस ‘पासर्पोट’ गीतको भिडीयो :

प्रतिक्रिया