बहुचर्चित टेलिसिरियल ‘परिचय’की अभिनेत्री सरिताको आज जन्मदिन, कति वर्ष लागिन उनी ?

मनिषा थापा

‘टेलिफिल्म क्विन’ सरिता लामिछानेको आज जन्मदिन रहेको छ ।नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मुक्ति’बाट लोकप्रिय बन्दै गएकी सरिताले आज ४४ औं जन्मदिन मनाउँदै छिन् ।

उनको जन्म सन् १९७५ नोभेम्बर २५ तारिखका दिन भएको हो ।झापा स्थायी घर भएकी सरिताले निर्देशक ऋषि लामिछानेसँग बिहे गरेकी हुन् ।

काठमाडौंको पद्यकन्या क्याम्पसबाट बीएड गरेकी सरितालाई प्रस्ट र स्पष्ट वक्ताका रूपमा चिनिन्छ । ‘सन्तानको माया’ उनको पहिलो ठूलो पर्दाको चलचित्र हो । त्यसपछि उनले ‘उजेली’ चलचित्र खेलेकी थिइन् ।

उनी अहिले चलचित्र कलाकार संघको महासचिव छिन् ।पति ऋषि लामिछानेले निर्देशन गरेको ‘परिचय’ गरेर सबैको मनमा बास बस्न सफल सरिताले जानकी’, ‘गहना’, ‘सीता’ लगायतका टेलिफिल्ममा अभिनय गरेकी छन् । उनलाई बिहानै देखी शुभकामनाको ओइरो लागेको छ ।

प्रतिक्रिया