बिदेशमा भोगेको दुख म्युजिक भिडियो मार्फत यसरी पोखियो (भिडियो सहित )

admin

काठमाडौँ:  गाँस,बास, कपास अनि भाग्य खोज्दै मातृभूमिबाट अलग रहेर बाँच्न कसलाई पो रहर हुन्न होला र ? तर पनि हामी नेपालीहरु राजनितिक, गरिबी बेरोजगारी आदि यस्तै-यस्तै बिभिन्न कारणहरूले गर्दा नचाहदा नचाहदै आफ्नो परिवारबाट छुटिएर परदेशी भुमिमा पसिना बगाउनु परेको तितो यथार्थलाई समेटेर गायक तथा संगीतकार रेशम प्रधान ले “आमा तिमीलाई” बोलको गीत हालै बजारमा ल्याएका छन् ।

गीतको शब्द रचना,संगीत तथा स्वर, गायक तथा संगीतकार रेशम प्रधान कै रहेको छ । गायक प्रधानको यस अघि फुल जस्तो उपहार जस्ता आधा दर्जन गीत बजारमा आइसकेका छन् । “आमा तिमीलाई” बोलको गीतको भिडियो अहिलेका व्यस्त अनि चर्चित छायाकार तथा सम्पादन ( एडिटर) युबराज खत्रीको निर्देशन, छायांकन तथा सम्पादन रहेको छ भने छायांकनमा सुजन श्रेष्ठ ले सघाएका छन् ।

आशा खड्का, शिब ठटाल, चन्द्रा तामाङ, राजु “कमेडी” भुजेल अनि बाल कलाकारमा रचना थापाको दमदार अभिनय हेर्न सकिन्छ । यो गीत अनि भिडियोले बिदेशीएका लाखौ नेपालीहरुको मन छुने छ भन्ने पूर्ण विश्वास लिएको निर्देशक खत्रीले बताउनु भयो ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया