मोडल रावलको “एउटै धर्ती”को म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौँ, २५ असार : कञ्चनपुरको बेलौरीका नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाउदै आएका मोडल सुरज रावलको “एउटै धर्ती” म्युजिक  शुक्रबार युट्युवमा सार्वजनिक भएको छ ।

सामना म्युजिकको क्रीयसन तथा बजार व्यवस्थापनमा तयार भएको यस म्युजिक भिडियोमा मोडल सुरजलाई मोडल ज्योति र दशरथले साथ दिएका छन । चर्चित गायक भागिरथ चलाउने र गायिका भावना अर्यालको स्वरमा रेकर्ड भएको गीतको संगीत कुमार परियारले दिएका छन । यस गीतमा शब्द शृजना समेत संगीतकार कुमार परियारकै रहेको छ ।

दिपक गिरिले छायांकन गरेको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन । ग्यालेक्सी नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको यस म्युजिक भिडियोको निर्देशन गौतम शेर्पाले गरेका हुन ।

हेर्नुस् म्युजिक भिडियो :

प्रतिक्रिया