शनिको साढेसात चलिरहेको छ यी राशिमा, यसरी पाउनुहोस् मुक्ति

मनिषा थापा

एजेन्सी : शनि यस समय धनु राशिमा छ । शनिको यस स्थितिको कारण वृश्चिक, धनु र मकर राशिमा साढेसात चलिरहेको छ ।

यी तिन राशिहरुको साढेसात स्थिति अलग-अलग र प्रभाव पनि अलग-अलग छ । आउनुहोस जानीराखौ शनिको साढेसात कम गर्नको लागि राशीअनुसार के उपाय लगाउनुपर्छ :

वृश्चिक राशिमा साढेसात: वृश्चिक राशिमा साढेसातको प्रभाव अन्तिम चरणमा छ । त्यसैले वृश्चिक राशि हुनेहरुले स्वास्थ्यको धेरै ख्याल गर्नुपर्दछ। करियर तथा रोजगारमा परिवर्तनको योग बनेको छ।

साढेसातको प्रभावबाट बच्नको लागि यी उपाय अपनाउनुहोस्….

  • शनि मन्त्रको जप गर्नुहोस।
  • शनिबारको दिन पिपलको फेदमा बत्ति बाल्नुहोस।
  • शनिबार कालो वस्तु दान गर्नुहोस ।
  • मासु र मदिराबाट टाढा रहनुहोस।

धनु राशिमा साढेसात: धनु राशिमा साढेसातको प्रभाव मध्य चरणमा छ। यस समय मान-सम्मान बढ्छ । साढेसातको प्रभावबाट बच्नको लागि यी उपाय अपनाउनुहोस्…

  • हनुमान चालीसाको पाठ गर्नुहोस।
  • मंगलबार र शनिबार हनुमान जीको दर्शन गर्नुहोस।
  • शनिबार पिपलको फेदमा बत्ति बाल्नुहोस।

मकर राशिमा साढेसात: मकर राशिमा साढेसातको प्रभाव प्रथम चरणमा छ।

  • यस समय धेरै यात्रा नगर्नुहोस्।
  • शनि चालीसाको पाठ गर्नुहोस।
  • निली रंगको प्रयोग गर्नु लाभदायक रहनेछ।
  • शनिबार घरको मुख्यद्वारमा बती बाल्नुहोस।

प्रतिक्रिया