‘हेड टु हेड’ च्यालेन्जमा नेपालको जीत, शिर्ष ३० स्थानमा पुगिन् नेपालकी सुन्दरी श्रृंखला

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  : चीनमा आयोजना भइरहेको मिस वर्ल्ड २०१८ अन्तरगत नेपालकी सुन्दरी श्रृंखला खतिवडाले १३ टिमबाट ‘हेड टु हेड’ च्यालेन्ज जितेर शिर्ष ३० मा आफ्नो स्थान सुरक्षित गर्ने सफल भएकी छिन् । यो अवार्ड जितेर फाइनल (टप ३०) मा पुग्ने ढोका खुलेको छ ।

यसअघि टप मोडल कम्पिटिसन र मिस ट्यालेन्ट अवार्ड जितेर फ्रान्स र जापानका सुन्दरीहरु टप ३० मा पुगिसकेका छन् । श्रृंखला यी दुवै प्रतियोगिताको फाइनल राउन्डमा परेकी थिइनन् ।

श्रृंखलालाई जिताउन मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेज बाट पनि भोट गर्न सकिन्छ ।

श्रृङखला खतिवडालाई भोट गर्ने समय साझ ५ बजे सम्म थपेको छ। निम्न आइडी मात्रै भोट तथा सेयर गर्नु होला।

१.  https://www.facebook.com/shrinkhala.khatiwada
२. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/
३.  https://missvo.modelpowergd.com/en/?id=1#/
४. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90

 

प्रतिक्रिया