अब ए’सिड हान्दा नलागे पनि १० वर्ष कै’द सजाय

admin

काठमाडौं, असोज १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले ए’सिडको बिक्री वितरण नियमन गर्ने र आ’क्र’मणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ ।

संविधानको धारा १४४ को १ बमोजिम राष्ट्रपति भण्डारीले ‘तथा अन्य घा’तक रासायनिक पदार्थ (नियमन) अध्यादेश प्रमाणीकरण गरेकी हुन् । अध्यादेश जारी भएसँगै अब कुनै पनि व्यक्तिले दोस्रो व्यक्तिलाई ए’सिड प्र’हार गरे २० वर्षसम्म जे’ल सजाय हुनेछ । एसिड छ्याप्ने व्यक्ति कानुनबमोजिम सजाय कटौती नहुने गरी २० वर्षसम्म जे’ल बस्नुपर्नेछ ।

अध्यादेशमा ए’सिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिने र यस्तो उद्योगमा १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना हुने व्यवस्था छ । ए’सिड आ’क्रमण गरेको प्रमाणित भएमा भने २० वर्षसम्मको कैद सजाय हुन सक्नेछ ।

ए’सिड आ’क्रम’णबाट पीडितको तत्काल मृ’त्यु नभई सोही कामको परिणामस्वरूप पछि मृ’त्यु भएमा ज्यान मा’रे’को मु’द्दा लाग्नेछ भने शरीरका कुनै असर भए त्यसअनुसार कसुर भएको मानेर मु’द्दा चलाइनेसमेत उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

प्रतिक्रिया