अरुको जग्गा सांसदको नाममा !

admin

काठमाडाैं, १७ मंसिर : अंशबन्डाको मुद्दा जिल्ला अदालत सर्लाहीले आफ्नै निर्णय सच्याउन पहल थालेको छ । निर्णय गलत भएको निवेदन परेपछि अदालतले भुक्किएर गरिएको भन्दै सच्याउन तयारी थालेको हो । विपक्षीले भने सर्लाहीकका प्रदेश सांसद सञ्जय यादवले अदालतलाई प्रभावमा पारेर अरुको जग्गा आफ्नो नाममा ल्याएको आरोप लगाएका हुन् ।

अदालतले गत असोज १३ गते चलन पूर्जी जारी गर्दै बोधार्थमा जिल्ला मालपोत कार्यलयलाई कविलास नगरपालिका १० का राजकली देवी यादव, राजनारायाण राय यादव, र सञ्जयकुमार यादवका नाममा संयुक्त दाखिला खारेज गर्न आदेश दिएको थियो ।

पीडित पक्षले निर्णय गलत भएको भन्दै निवेदन दिएपछि जिल्ला अदालतले मंसिर १२ गते मालपोत कार्यलयलाई दाखिला खारेज दर्ताको चलन पूर्जी अनुसारको जग्गा यथास्थितिमा राखी सोको जानकारी अदालतमा पठाउन आदेश गरेको छ ।

अदालतमा जालसाजी गरेर सञ्जयले सम्पुर्ण जग्गा आफ्नो नाममा गराएको भन्दै पीडितले निवेदन दिएका छन् । प्रदेश सांसद सञ्जयले अदाललाई आफ्नो वशमा पारेर सम्पूर्ण जग्गा आफ्नो नाममा पार्न खोजेको पीडितको आरोप छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया