अर्का अश्वेत व्यक्तिको ह’त्यापछि अमेरिकामा फेरी आ’न्दोलन

admin

काठमाडौं, १ असार : एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गो’ली हा’नी ह’त्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिं’सा फैलिएको छ ।

मिनियापोलिसमा प्रहरी नि’यन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको ह’त्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला एटलान्टामा अर्का अश्वेत व्यक्तिको ह’त्याले धेरैलाई क्रु’द्ध बनाएको छ ।

एटलान्टाका २७ वर्षीय रेसार्ड ब्रु’क्सको ह’त्या नै भएको स्वास्थ्य परीक्षणबाट खुलेपछि अमेरिकी शहरहरुका सडकमा प्रदर्शन हुनुका साथै स्थानीय प्रहरी प्रमुखले राजीनामा गर्नु परेको छ ।

क्रु’द्ध प्रदर्शनकारीले ब्रु’क्सको ह’त्या भएको स्थान नजिकको वेन्डी रेस्टुराँमा आ’गो लगाइदिएका छन् । ब्रु’क्सले यही रेस्टुराँमा जाने बाटोमा कार तेस्र्याएर मानिसको आवतजावतमा अ’बरोध गरेको भन्दै प्रहरीले उनीमाथि गो’ली चलाएको थियो ।

एटलान्टाका मेयर केशा लान्स बटम्सले शनिबार पत्रकार सम्मेलन गरी प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिइसकेको घोषणा गरेका थिए ।

मेयर बटम्सले प्रहरीले शक्तिको दु’रुपयोग गरेको भन्दै क्षमा मागेका थिए । ब्रु’क्समाथि गो’ली चलाउने प्रहरी अधिकृत ग्यारेट रोल्फलाई सेवाबाट बर्खास्त गरिएको छ ।

फुल्टोन काउन्टीका न्यायाधीवक्ता पल होवार्डले दोषी प्रहरी अधिकृत रोल्फमाथि फौ’जदारी अ’भियोग लगाउने वा नलगाउने भन्ने बारेमा चाँडै निर्णय हुने जानकारी दिए ।

गत शुक्रबारको यो घ’टना हुँदा ब्रुक्स आफ्नो कारमा सुतिरहेका थिए । वेन्डी रेस्टुराँमा आवतजावत गर्ने मार्गमा अ’वरोध गरेको भन्दै उक्त रेस्टुराँले प्रहरीलाई खबर गरेको थियो ।

तत्काल उक्त स्थानमा पुगेको प्रहरी र कारभित्र सुतिरहेका ब्रु’क्सबीच भनाभन हुनुका साथै हा’त’पा’त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भिडियो फुटेजमा दुई जना श्वेत प्रहरीले ब्रुक्सलाई नियन्त्रणमा लिन निकै प्रयास गरेको देखिएको छ । यहीबीच प्रहरीकै ह’तियार खो’सेका ब्रु’क्समाथि प्रहरीले आ’त्मरक्षाका लागि गो’ली चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

तर प्रहरीबाट खोसिएको ह’तियार घा’तक नरहेको र त्यसबाट मानिसको मृत्यु नहुने अनुसन्धान अधिकारीहरुले बताएका छन् । प्रहरीसामु अन्य थुप्रै विकल्पहरु हुँदाहुँदै प्रहरीले गो’ली चलाएको आ’रोप प्रहरीमाथि लागेको छ ।

प्रतिक्रिया