आजको मौसम : पहाडी क्षेत्रमा भारी वर्षा हुने

admin

काठमाडौं, साउन २९ : देशका पूर्वी पहाडी र पश्चिमी तराईका भू-भागमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको छ। मनसुनको न्यून चापिय रेखा उत्तर-पश्चिमतिर सर्ने क्रममा छ ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

बुधबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ। पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। देशको पूर्वी पहाडी र पश्चिमी भू-भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया