आज बि. सं. २०७७ फागुन २१ गते शुक्रवारको राशिफल हेर्नुहोस्

admin

आज बि. सं. २०७७ फागुन २१ गते, शुक्रवार, ५ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, सप्तमी तिथि, अनुराधा नक्षत्र, चन्द्रराशि– वृश्चिक।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। तापनि प्रयत्न गर्दा केही महत्त्वपूर्ण काम सम्पादन हुनेछन्। लगनशीलताले उपलब्धि दिलाउन सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन अलि खर्चिलो बन्न सक्छ। तापनि मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्य धनलाभ हुनेछ। व्यवसायले रमाइलो यात्राकाे अवसर दिलाउन सक्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ। खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई केही सहज बनाउन भने सकिनेछ। भौतिक साधन बिग्रनाले काममा केही समस्या आउला। शत्रुभाव राख्नेहरूले सताउन सक्छन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सानो काममा धेरै समय जुट्नुपर्ला। अवसरवादीहरूबाट सजग रहनुहोला। बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा केही काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषि क्षेत्रमा लाभ मिल्नेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरमा लक्ष्मी भित्र्याउने समय छ। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विवादास्पद जिम्मेवारी आउन सक्छन्। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने सहयोगीहरू पछि हट्नेछन्। नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। लोकाचारले खर्च बढाए पनि केही उपलब्धि प्राप्त हुनेछ। रोकिएका काममा दाेहाेर्याएर प्रयत्न गर्नुहाेला। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
हडबडी गर्दा काम बीचमा काम रोकिन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। सुरुमा चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ। अरूको मुख ताक्ने बानीले भने केही पछि परिनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। मान–सम्मान पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू जुटाउने समय छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर जुट्नेछ। छर-छिमेकबाट योजना गोप्य राख्नुहोला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा पनि राम्रै नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउने समय छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि काम बनाउन केही समय लाग्नेछ। आश्वासन बाँड्नेहरूले व्यवहारमा झुक्याउन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। स्वयं योजना बनाएर अघि बढ्दा फाइदा हुनेछ। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूबाट जाेगिएर काम लिनु फाइदाजनक हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

प्रतिक्रिया