आमा नेप्टिमाया लामा प्रस्तुतिको ‘दुई चार फन्को’ मा आँचल [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रन लामाको आवाजमा रहेको ‘दुइ चार फन्कोे’ बालेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा आँचलसंगै द भाइव क्रू को मज्जाको नृत्य प्रस्तुत गरिएको छ ।

रबि मल्लको शब्द कल्याण सिहंको संगीत रेहेको गीतमा मानशी किरणको एरेन्ज छ । भिडियोलाई इजेकेलले निर्देशन गरेका हुन् । कमल प्रसाइले भिडियोमा ड्रोन चलाएका छन् भने निर्देशक इजेकेलले नै क्यामरा सम्हालेका हुन् । भिडियोका सम्पादक रोशन गुरुङ हुन् ।

गायक रन लामा संगीतको अध्ययन पछि गो गीत लाई लिएर बजारमा आएका छन् । यो गीतबाट निकै आशा रहेको उनि बताउँछन् । अडियो र भिडियो निर्माण गर्न कुनै कसर बाकी नराखेको भन्दै, म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाउँनेमा बिश्वस्त रहेको बताउँछन् ।

गीत सुन्दा नै मन परेकाले अभिनय गर्न तयार भएको आँचल बताउँछिन् । आँचल भन्छिन् – ‘द भाइव क्रूको डान्स पनि राम्रो छ । यो गीतले राम्रा प्रतिक्रिया पाउँनेमा आशाबादी छु ।’

हेर्नुस् भिडियो :

प्रतिक्रिया