इन्डोनेशियामा १८८ यात्रुसहित उडेको विमान केही मिनेटमै दुर्घटना, सबैको मृत्यु भएको आशंका

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  इन्डोनेशियाको जकार्तामा सोमबार विहान प्लेन दुर्घटना भएको छ। प्लेनले उडान भरेको १३ मिनेटपछि प्लेन क्र्यास भएको हो। यस प्लेनमा क्रु समेत कुल १८८ मानिस सवार थिए।  ती मध्य १७८ यात्रीको अलवा ३ बच्चा, २ पाइलट र ५ केबिन क्रू थिए। तर अझसम्म पनि यात्रीको बारेमा पत्ता लाग्न सकेको छैन। उनीहरुको अनुसन्धान कार्य जारी छ ।

इन्डोनेशियाका प्रशासन अनुसार, उडान भरेको १३ मिनेट पछि प्लेन सम्पर्क विहिन भएको थियो  र सर्च अप्रेशन शुरु गरियो। त्यसपछि  प्लेन दुर्घटना भएको खबर मिलेको हो ।

इंडोनेशियाका आपदा प्रबंधन बोर्डका प्रमुख सुतोपो पुरवो नुग्रोहोले ट्वीट गर्दै भने, “कारावांगको समुद्रमा दुर्घटनाग्रस्त भएको लायन एयर जेटी६१० विमानको कयौ टुक्रा वरामद गरिएको छ।

विमान इन्डोनेसियाको समयअनुसार विहान ६ : ३० मिनेटमा उडान भरेको थियो। जुन ७ : १० मा ल्याण्ड गर्नु पर्ने थियो। उक्त विमान ६ : ३३मा दुर्घटना भएको हो। विमान सम्पर्कबाट बाहिरिदा विमान २ हजार फीटमाथिको उचाईमा थियो। विमान हराएपछि अनुसन्धान शुरु गरियो। समुन्द्रको केहि भागमा प्लेनको कुर्शी र अन्य भाग मिल्न शुरु भएको छ।

प्रतिक्रिया