कोर्ट म्यारिजपछि निर्देशक दिवाकर र नायिका दीपिकाले गरे इन्गेजमेन्ट !

मनिषा थापा

चलचित्र ‘ऐश्वर्य’की नायिका दीपिका प्रसाई र यही चलचित्रका निर्देशक दिवाकर भट्टराईविच इन्गेजमेन्ट भएको छ । उनीहरुले दशैंको टिकाको केही दिनपछि इन्गेजमेन्ट गरेका हुन् ।

फिल्म ऐश्वर्यबाट नेपाली फिल्म क्षेत्रमा आएकी नायिका दीपिका प्रसाई ऐश्वर्यकै निर्देशक दिवाकर भट्टराईको प्रेममा रहदै आएकी थिईन् ।

दीपिका प्रसाई अभिनित फिल्म छक्का पञ्जा ३ तेश्रो हप्तामा रिलिज भईरहेको छ भने दिवाकर भटट्राईले निर्देशन गरेको अनमोल केसी अभिनित फिल्म क्याप्टेन रिलिजको क्रममा रहेको छ ।

सामाजिक संजाल फेसबुकमा दुइले एकसाथ तस्बिर राख्दै सधैका लागि एक भएको उल्लेख गरेका छन् । उनीहरु मंसिर महिना लगतै बिहे गर्ने तयारीमा पनि छन् ।

प्रतिक्रिया