गायिका अञ्जु पन्तको ‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक

admin

काठमाडाैं: गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको आवाज रहेको ‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द र राजकुमार बगरको संगीत रहेको उक्त गीतको एरेञ्जर कमल सौराग हुन् ।

भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र सागर दाहालको अभिनय देख्न पाइन्छ । भिडियोको कन्सेप्ट र निर्देशन पनि लक्ष्मी र जीवनको नै रहेको छ ।

भिडियोको छायाँकन बुद्ध थापाले गरेका हुन् भने सम्पादनमा विष्णु खड्का छन् भने अनिल केसिको प्रस्तुति रहेको छ। गीत भने आफ्नो मन चान्ल हेर्न सक्नु हुने छ।

प्रतिक्रिया