चार महिनामै चुइगम चपाएरै सकियो साढे १८ करोड

admin

काठमाडौं, मंसिर २९ : देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् ।


भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ ।


यसको मूल्य १८ करोड ४८ लाग ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया