छोरीले अन्तरजातीय बिबाह गरेपछि आफ्नै पिताले जिउदै जलाई दिए

रिता घिसिंग

पिएनपिखबर, हैदराबाद : छोरीले अन्तरजातीय बिबाह गरेपछि पिताले रिसको झोकमा छोरीलाई जिउदै जलाई दिएका छन्। यस्तो जघन्य अपराधपछि पिताले अपराध लुकाउनको लागि अस्थिरपन्चरलाई नहरमा बगाई दिएका हुन्। छोरीलाई जलाउनका लागि पितालाई अन्य इष्टमित्रहरुले सघाएका थिए।

२० बर्षिय अनुराधा ४ बर्षदेखि विजातीय लक्ष्‍मणको प्रेम सम्बन्धमा थियो। यो कुरा थाहा पाएपछि उनको परिवारले बिरोध गरे। यति सम्मकी उनको परिवारले उत्‍पीड़नको आरोप लगाई उजुरी पनि दर्ता गरेका थिए। तर केहि समय अघि दुवै जनाले भागेर बिबाह गरेका थिए। उनीहरु शनिबार लक्ष्‍मणको घर फर्केका थिए। त्यहि बेला अनुराधाको परिवार पनि त्यहि आए जबर्जस्ति उनलाई आफ्नो घर लिएर गए। घर पुगेपछि आक्रोशित पिताले शनिबार राति आफ्नै छोरीलाई जिउदै जलाई हत्या गरेका हुन्। हत्या गरेको आरोपमा पितालाई प्रहरीले पक्राउ गरि सकेका छन्। भने प्रहरीले अनुराधाको शवको अवशेष पनि बरामद गरेको छ ।

प्रतिक्रिया