जेलबाट २०० भागे, २५ को मृ’त्यु

admin

हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन्। भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृ’त्यु पनि भएको छ। मृ’त्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए।

जेलमा झण्डै ४०० कैदी रहेका थिए। ‘घ’टनामा परी कम्तीमा २५ जनाको मृ’त्यु भएको छ। तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्’, उनले भने।

राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृ’त्यु भएको पनि उनले जानकारी दिए। मृ’त्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए। झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन्। उनीहरुलाई भाग्न नदिन प्र’हरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उनको भनाई छ। मृ’त्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन्।

उनलाई प्र’हरीले गोली प्र’हार गरेर ह’त्या गरेको अधिकारीहरुले जनाएका छन्। सुरक्षा कारबाहीका क्रममा उनको मृ’त्यु भएको प्र’हरी अधिकारीहरुले पनि स्विकार गरेका छन्। हाइटीमा जेल तोडफोड, कैदीहरु भाग्ने तथा मृ’त्युका ‍घ’टना बेला बेलामा हुने गरेका छन्।

प्रतिक्रिया