दिल्लीको आईटीओ पुगेका किसानमाथि अ’श्रुग्यास प्र’हार

admin

एजेन्सी, १३ माघ : कृषि कानुनको विरोधमा आन्दोलन गरिरहेका भारतीय किसान दिल्ली पुगेका छन् । दशौँ हजारको संख्यामा किसान ट्र्याक्टर र्‍यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका छन् । गणतन्त्र दिवस मनाइरहँदा आफ्नो आन्दोलनलाई दिल्ली केन्द्रित गर्न विभिन्न नाकामा धर्ना दिइरहेका किसान दिल्ली पुगेको बीबीसीले जनाएको छ ।

उनीहरू दिल्ली प्रवेश गर्न खोज्दा प्रहरीले अ’श्रुग्यास प्र’हार गरेको छ । दिल्ली प्रवेशको ६ नाकाबाट किसान सहर प्रवेश गर्ने भए पनि मूल बाटो बन्द गरेर प्रहरीले किसानलाई बाहिरी बाटो प्रयोग गर्न भनेको थियो । तर सिन्घु, टिकरी र गाजीपुरमा प्रहरी अवरोध तोडेर किसानहरू अगाडि बढेका छन् । प्रदर्शनकारीहरू विभिन्न ठाउँबाट दिल्लीको मध्य भागमा पर्ने आईटीओ इलाकामा केन्द्रित हुन खोजिरहेको बीबीसीले जनाएको छ ।

महिनौँदेखि किसानहरूले सरकारको नीतिको विरोधमा आन्दोलन गरिरहेका छन् । सरकारले १८ महिनाका लागि उनीहरूले विरोध गरिरहेका कानुनहरू लागू नगर्ने बताए पनि उनीहरूले ती कानुन रद्द गरिनुपर्ने माग राखेर आन्दोलन जारी राखेका छन् । प्रहरीले केही चरणको वार्तापछि किसानले गणतन्त्र दिवसका कार्यक्रमलाई असर नपर्ने गरि र्‍याली गर्न दिन सहमति जनाएको थियो ।

प्रतिक्रिया