दुलहीको श्रृंगार गरेर मेहेन्दीसम्म लगाएकी यी २३ वर्षीया यूवतीले सबै त्यागेर बनिन् साध्वी..

मनिषा थापा

पिएनपिखबर : मानिस भोग विलासिलता जीवन त्यागेर अध्यात्मिक जीवन अपनाएर वैरागी हुने गर्छन। यस्ता व्यक्तिहरुको बारेमा धेरैको जिज्ञासा हुनसक्छ। त्यस्तै संसारिक मोह त्यागेर भिक्षु बनेकी छिन् भारतको हरियानाकि सिम्रन जैन। उनले सन्यास दिक्षा लिईन र साध्वी (नन) बनिन्।


भारतको बास्केटबल कम्प्लेक्समा गत सोमबार मुमुक्षु सिमरन जैनको दिक्षा महोत्सब भएको थियो। दिक्षा पछि २२ वर्षिया सिमरन साध्वी गौतमी श्रीजीको हेड बनेकी थिइन्। श्री वर्धमान श्वेतांबर स्थानियबासी स्रावक संघका तत्वावधानमा उक्त दिक्षा महोत्सव भएको थियो।

 त्यस दिन विहान करिब ८.३० बजे महावीर भवनबाट वरघोडा निक्ल्यो। जसमा सिमरन बग्घीमा सावार भएर सांसारिक बस्तुहरु लुटाउदै थिइन्। त्यस दिन अघि सिमरनले दुलहीको जस्तो श्रृंगार गरिन, हातमा मेहेन्दी पनि लगाएकी थिइन् र परिवारसंग समय विताइन। उनले इच्छा अनुसार अन्तिमपटक मिठो भोजन पनि गरिन। तर विवाह नै नगरी पछि बनिन् भिक्षु…

उनले दिक्षाको बारेमा कुरा गर्दै भनिन्, ‘वैराग्यको बाटो सजिलो हुदैन। मैले देशभर घुमे। धेरै ठाउँमा समय पनि बिताए तर आनन्द पाइन्। जब म गुरुजनको सानिध्यमा आए तव मलाई शान्ति प्राप्त भयो। मलाई चमकदार यस जिन्दगी मनपरेको छैन। यहाँ आवश्यकताबाट अधिक मानिसलाई प्रयोग गरिन्छ जुन उचित छैन। धेरैभन्दा धेरै पाउनुभन्दा आत्मा परमात्मासँग जोडिनु वास्तविक सुख हो।’

सिमरनले वि.एससी कम्प्यूटर साइन्समा ग्रेजुएशन गरेकी हुन्। घरमा माता-पिता, एक बहिनी र दुई भाई छन्। उनकी बहिनि मेडिकलको पढाई गरिरहेकी छिन्। दीक्षापछि सिमरनला पिताले भने – हाम्रो तर्फबाट छोरीहरुले आफ्नो इच्छा अनुरूप जीवन जिउने अनुमति छ । हामीले सोचेका थियौकि पढाई-लेखाई पछि करियर बनाउनेछन् या विवाह गर्ने छन् तर सिम्रनको इच्छा दीक्षा लेने थियो।

प्रतिक्रिया