भारतमा नयाँ संक्रमित घट्दै

admin

काठमाडौं, ३१ बैशाख : भारतमा केही दिन यता कोरोना भाइसका नयाँ संक्रमितको संख्या केही घट्न थालेको छ । दैनिक चार लाख भन्दा धेरैमा संक्रमण हुने गरेकोमा केही दिन यता यो संख्या घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको २४ घण्टामा भारतमा तीन लाख ३८ हजार १९ जनामा संक्रमण भएको छ ।

(हिजो) बिहीबार तीन लाख ६२ हजार चार सय ६ जना संक्रमित भएका थिए भने अस्ति तीन लाख ४८ हजारमा संक्रमण देखिएको थियो । गएको शनिबार भारतमा एकैदिन ४ लाख ९ हजार भन्दा धेरैलाई संक्रमण देखिएको थियो । त्यस यता भने संक्रमितको संख्या केही घटेको छ ।

तर, भारतमा कोरोनाको नयाँ भेरियन्ट फैलिरहेकाले यसलाई संक्रमण घटेको मान्न नमिल्ने विश्लेषण गरिएको छ । यस्तै, भारतमा गएको २४ घण्टामा तीन हजार ८ सय ८८ जनाको कोरोनाका कारण ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण दुई लाख ६२ हजार भन्दा धेरैको ज्यान गएको छ भने संक्रमितको संख्या दुई करोड ४० लाख भन्दा धेरै छ ।

प्रतिक्रिया