पत्रकार अर्नबलाई जेल पठाइयो

admin

एजेन्सी : एक इन्टेरियर डिजाइनरको आ’त्मह’त्या दुरूत्सहान घ’टनामा प’क्राउ परेका रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक अर्नब गोस्वामीलाई क्वारेन्टिनबाट जे’ल पठाइएको छ।

न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो। भारतीय समाचार संस्था (पिटिआई)का अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जे’ल पठाइएको हो। प्र’हरीले उनले अन्य व्यक्तिको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको जनाएको छ।

तलोजा जेल लाँदैगर्दा अर्नबले कराएर अलिबागका जेलरले शनिबार साँझ उनीमाथि कु’टपि’ट गरेको आरोप लगाएका थिए। यस्तै आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको उनको आरोप छ।

अर्नबसँगै मुम्बई प्र’हरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आ’त्मह’त्याका लागि दुरूत्सहान गरेको भन्दै प’क्राउ गरेको हो।

प्रतिक्रिया