पशुपतिनाथमा सुनको जलहरी स्थापनासँगै क्षमा पूजा समापन

admin

काठमाडौं, १२ फागुन : पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजा (आज) बुधबार समापन हुँदैछ । बुधबार क्षमा पूजाको विशेष विधिपूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्ने तयारी छ । मंगलबार बेलुका ९ बजेको साइतमा पशुपतिनाथको मूल मूर्ति (शिवलि’ङ्ग) को फेदमा सुनको नयाँ जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिए ।

नयाँ जलहरी राख्ने क्रममा शिवलि’ङ्गलाई कुनै क्षति नभएको उनको दाबी छ । जलहरी स्थापनाका लागि पशुपतिमा गएको ८ गतेदेखि क्षमा पूजा हुँदै आएको छ । बुधबार विशेष पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राखिएको हो । १ सय ८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १ सय ४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रतिक्रिया