पशुपतिमा सुनको जलहरी राख्ने काम अन्तिम चरणमा

admin

काठमाडौं, फागुन ९ : प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपतिनाथमा सुनको जलहरी राख्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

चाँदीको जलहरीलाई विस्थापित गर्दै १ सय ८ किलो सुनबाट बनाइएको जलहरी फागुन १२ गते भित्रै जडान गर्ने तयारीमा पशुपति क्षेत्र विकास कोष लागेको छ ।एक अर्ब बढि लागतमा सुनको जलहरी राख्ने तयारी भईरहँदा पशुपति क्षेत्रमा भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको भने पुनर्निर्माण गर्नेतर्फ चासो देखाइएको छैन ।

पशुपति क्षेत्रको संरक्षण तथा विकासको जिम्मा लिएको पशुपत्ति क्षेत्रको विकास कोषले पशुपतिनाथ मन्दिरमा रहेको शिवलिङ्गमा १ सय ८ किलोको सुनको जलहरी यसै हप्ता राख्ने तयारी गरेको छ ।८० करोड रुपैयाँको लागतमा जलहरी बन्न लागको दाबी पशुपत्ति क्षेत्र विकास कोषले गरेको भएपनि सो जलहरीका लागि डेढ अर्ब हाराहारीको खर्च लागेको बताइएको छ ।

शिवलिङ्गमाथि सुनको जलहरी राख्नै नहुने नहुने तर्कहरु पनि बाहिर नआएको होईन तर कोषले भने सुनको जलहरी लगाउने तयारी लगभग पुरा गरेको छ ।पाटनका कालिगढहरुले अहिले जलहरी निर्माण गरिरहेका छन् । आगामी केही दिनभित्रै उपयुक्त साईत निकाले जलहरी राखिने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सुनको जलहरी लगाउने प्रक्रिया अघि बढेको हो ।उसो त पशुपत्ति क्षेत्रसँग सम्बन्धित सरोकारवाला तथा स्थानीयले पनि पशुपत्तिमा सुनको जलहरी राख्न नहुने जिकिर गर्दै आएका छन् ।सुनको जलहरी राख्ने तयारी अन्तिम चरणमा पुगेकाले अब त्यसको औचित्यको विषयमा बहस गर्नुको अर्थ नहोला ।

तर अर्बाैं खर्च गरेर जलहरी राख्न तयारी भईरहँदा पशुपति क्षेत्र भित्रै लथालिङ्ग अवस्थामा रहेका अन्य सम्पदाहरुले भने सरकार र कोषलाई गिज्याईरहेका छन् ।कोषका अनुसार अहिले पनि विश्व सम्पदा सूचिमा परेका १३ वटा सम्पदाको पुनर्निर्माण हुन सकेको छैन ।

प्रतिक्रिया