पहिलो पटक अन्तरसहकारी कारोबार सुरु

admin

काठमाडौं, माघ ४ : मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हव कोअपरेटिभ सर्भिसले बैंकहरुमा जस्तै अन्तरसहकारी कारोबार सुरु गरेको हो ।

सहकारीले सापटीको रुपमा एक सहकारीबाट अर्को सहकारीमा कारोबार भने गर्दै आएका थिए । अहिले विद्युतीय माध्यमबाट प्रविधिको प्रयोग गरी एक सहकारीको चेक अर्कोमा साट्ने व्यवस्थासहित अन्तर सहकारी कारोबार थालिएको हो ।

सहकारी विभागबाट विनियम स्वीकृत गरेर देशभर कार्यक्षेत्र रहेको दब कोअपरेटिभले मुलुकै पहिलोपटक विद्युतीय भुक्तानीसहितको नयाँ सेवा दिन लागेको हो ।

अधिकांश सहकारी संस्थाहरु म्यानुअल पद्धतिमा सञ्चालन भइरहेको अवस्थामा डिजिटल प्रविधि प्रयोग गरेर अन्तरसहकारी कारोबार सुरु गरेको हब कोओपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया