बङ्गलादेशको चालु खाता घाटा ४० प्रतिशतभन्दा बढी

admin

ढाका, बङ्गलादेश, ८ पुस : आर्थिक बर्ष २०१८÷०१९ को पहिलो चार महिनामा बङ्गलादेशको चालु खाता घाटामा वृद्धि भै झण्डै दुई अर्ब अमेरिकी डलर पुगेको बङ्गलादेशको केन्द्रीय बैंकले आइतबार जानकारी गराएको छ । बङ्गलादेशमा आम निर्वाचन नजिकिँदै जाँदा निर्यातमा निरन्तर गिरावट आएपछि बैंकको चालु खाता सन्तुलनमा समस्या आएको हो ।

बङ्गलादेश बैंकको तथ्याङ्क सार्वजनिक गर्दै नाम नबताउने शर्तमा एक अधिकारीले भने, बङ्गलादेशको चालु खाता सन्तुलनमा जुलाईदेखि अक्टोबरको चार महिनाको अवधिमा एक अर्ब ९९ करोड २० लाख अमेरिकी डलर देखिएको उनले बताए । अघिल्लो बर्ष (आर्थिक बर्ष २०१७÷०१८) को सोही अवधिमा उक्त सन्तुलन तीन अर्ब ३६ करोड ९० लाख अमेरिकी डलर रहेको बताइएको छ ।

राष्ट्रको वैदेशिक व्यापारको प्रकृतिलाई मापन गर्ने दुईमध्ये एक प्रमुख साधनका रूपमा चालु खाता घाटालाई हेर्ने गरिन्छ । बङ्गलादेशमा पछिल्ला महिनाहरूमा चालु खाता सन्तुलनमा निकै कमी देखिएको हो । गत आर्थिक बर्षको शुरूमा आयातमा निकै माथि पुगेकोले पनि चालु खाता सन्तुलनमा कमी आएको देखिएको हुनसक्ने बैंक स्रोतले बताएको छ । बङ्गलादेशको चालु खाता घाटा गत आर्थिक बर्षमा १० अर्ब अमेरिकी डलर रहेको थियो, बंैकको तथ्याङ्कले जनाएको छ ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया